भारतीय व्यापार मेलामा सहभागी आभुषण महासंघको टोली स्वदेश फिर्ता
पाेखरा | पुस २५, २०७९
पोखराः नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको टोलि भारत भ्रमणपछि स्वदेश फर्केको छ ।
भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको तत्वावधानमा आयोजित ‘ १५ औं सिग्रेचर भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’मा सहभागि भएर विशिष्ट सदस्य कृष्ण लाल महर्जनको नेतृत्वमा महासचिव किसान सुनारसहित ६जनाको टोली स्वदेश फिर्ता भएको हो । १५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो ( IIJS Signature – 2023) पुस २१ गतेदेखि सञ्चालन भएको थियो ।
१५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो सहभागी हुने क्रममा प्रतिनिधिमण्डलले काउन्सीसलका वर्तमान अध्यक्ष विपुल शाह र अन्य पदाधिकारीहरुसँग भेटवार्ता गर्दै नेपाल– भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै दुई संस्थाबीच भएको सहमति अनुरुप सहकार्यलाई अझ थप प्रगतिमूलक गतिविधि सहित अगाडी बढाउनसमेत आग्रह गरेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्न सहमति एवं प्रतिवद्धता जनाएको बताए ।
‘नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाइने बहुमुल्य तथा अर्धबहुमुल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात गर्न दुई पक्षिय छलफल भएको छ, सुनारले भने, ‘महासंघ र काउन्सीलको सयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोउन्नती गर्न तालिम संचालन गर्न काउन्सिलले प्रतिवद्धता जनाएको छ ।’
मुम्बई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण समेत गरेको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

